मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
मङ्गलबार, ०९ असार २०८३, ०८ : ४५
सारांश
- पर्साको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरिएको छ ।
- प्रहरीले राजस्व छलीको आशङ्कामा नियन्त्रणमा लिएको ट्रकको जाँच गर्दा १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको हो ।
- घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । पर्सा स्थित वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशङ्कामा बा.प्र. ०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको थियो ।
ट्रकको जाँचका क्रममा ट्रामाडोल १ लाख २० हजार ६२० क्याप्सुल फेला पारी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण