टेलिफिल्मकी समिया अब फिल्ममा
सारांश
- टेलिचलचित्र 'सीता' बाट अभिनयमा चर्चा कमाएकी समिया कार्की अब फिल्म 'तीन तिघ्रे क्या बिग्रे' मा मुख्य भूमिकामा देखिने भएकी छन्।
- यो फिल्ममार्फत समियाले ठुलो पर्दामा डेब्यु गर्न लागेकी हुन्।
- गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यसै फिल्ममार्फत डेब्यु गर्नेछिन्।
काठमाडौँ । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ हुँदै टेलिचलचित्र ‘सीता’ मार्फत अभिनयमा चर्चा कमाउन सफल कलाकार समिया कार्की अब फिल्ममा देखिने भएकी छन् । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।
टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाले यसै फिल्म मार्फत ठुलो पर्दा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित छन् ।
फिल्ममा चर्चित गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो डेब्यु फिल्म हो ।
कमेडी जनरामा निर्माण हुन लागेको फिल्मले मनोरञ्जनको भरपुर स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए । उनका अनुसार चलचित्रलाई हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनसहित प्रस्तुत गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण