बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध

बिहीबार, ११ असार २०८३, ०७ : २८
बिहीबार, ११ असार २०८३

सारांश

  • कतारका मिडफिल्डर आसिम मादिबोलाई क्यानडाका मिडफिल्डर इसमाइल कोनेमाथि गम्भीर फल खेलेको आरोपमा पाँच खेलको प्रतिबन्ध लगाइएको छ।
  • मादिबोको फलका कारण कोनेको देब्रे खुट्टाको तल्लो भागका दुवै हड्डी टिबिया र फिबुला भाँचिएका छन्।
  • यस चोटले गर्दा कोनेले विश्वकपका बाँकी खेलहरू गुमाउने निश्चित भएको छ।

टोरन्टो । क्यानडाका मिडफिल्डर इसमाइल कोनेमाथि खेलको समयमा गम्भीर फल प्रहार गरेपछि कतारका मिडफिल्डर आसिम मादिबोलाई पाँच खेलको प्रतिबन्ध लगाइएको छ। 

गत बिहीबार भएको खेलमा कतार क्यानडासँग ६–० को भारी अन्तरले पराजित हुने क्रममा २९ वर्षीय मादिबोले कोनेमाथि खराब फल खेलेका थिए, जसका कारण कोनेको खुट्टा भाँच्चिएको थियो। 

उक्त फल प्रहार गरेलगत्तै मादिबोले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। फिफाको अनुशासन समितिले अहिले मादिबोलाई गम्भीर र खराब फल खेलेको आरोपमा पाँच खेलको निलम्बन सजाय सुनाएको छ । यसमाथि पुनरावेदन गर्न पाइने व्यवस्था छ।

मादिबोको फलका कारण २४ वर्षीय कोनेको देब्रे खुट्टाको तल्लो भागका दुवै महत्त्वपूर्ण हड्डीहरू टिबिया र फिबुला भाँचिएका छन्। यस चोटका कारण वाटफोर्डका पूर्वमिडफिल्डर कोनेले विश्वकपका बाँकी खेलहरू गुमाउने निश्चित भएको छ। 

हाल इटालियन क्लब सासुओलोबाट व्यावसायिक फुटबल खेल्दै आएका कोनेको भ्यान्कुभरस्थित एक अस्पतालमा खेल सकिएलगत्तै शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि मादिबो आफैँ पनि कोनेलाई भेट्न अस्पताल पुगेका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप