लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
सारांश
- गृहमन्त्री सुधन गुरुङले लागू औषधको आपूर्ति सञ्जाल तोड्ने गरी आक्रामक नीति लिइने बताएका छन् ।
- लागू औषधको समस्यालाई जरैदेखि निर्मूल पार्न प्रहरी प्रशासनलाई सक्रिय हुन निर्देशन दिइएको छ ।
- लागू औषध नियन्त्रणका लागि स्थानीय समुदाय, विद्यालय, युवा क्लब, आमा समूह र नागरिक समाजलाई सामाजिक साझेदारीका लागि आह्वान गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनीलाई नियन्त्रण गर्न केवल औपचारिक कार्यक्रममा मात्र सीमित नभई यसको आपूर्ति सञ्जाल ‘सप्लाई चेन’ नै तोड्ने गरी आक्रामक नीति लिइने उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्धको दिवस (जुन २६) को अवसरमा सन्देश जारी गर्दै उनले लागू औषधको समस्यालाई जरैदेखि निर्मूल पार्न प्रहरी प्रशासनलाई सक्रिय हुन निर्देशन दिए ।
जारी सन्देशमा भनिएको छ, 'क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागू औषधको कुलतबाट जोगाउन यसको ‘सप्लाई चेन ब्रेक’ गर्न जरुरी छ। यसका लागि प्रहरी प्रशासनलाई जरैसम्म पुगेर नियन्त्रण गर्न सक्रिय हुन निर्देशन दिइएको छ।'
विज्ञप्तिमा लागू औषध ओसारपसार केवल सामाजिक विकृति मात्र नभई यो राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने एक सङ्गठित र सीमा वारपार हुने जटिल अपराध भएको उल्लेख गरिएको छ। विभिन्न अध्ययन प्रतिवेदनहरूले ओसारपसारको दर बढ्दो क्रममा देखाएको भन्दै मन्त्रालयले यसलाई गम्भीर चिन्ताको विषय मानेको छ।
मन्त्रालयले यो चुनौती सरकारको एक्लो प्रयासले मात्र समाधान नहुने भन्दै स्थानीय समुदाय, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह र नागरिक समाजलाई नेतृत्वदायी भूमिका खेल्न र सामाजिक साझेदारीका लागि आह्वान गरेको छ। विशेष गरी युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने सन्देशमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
-
रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण