रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०८ : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित भएका छन्।
- सर्वाधिक १ हजार ८१३ मत प्राप्त गर्दै सिता बादी निर्वाचित भएकी छन्।
- विनिता कठायत, टासी ल्हाङ्गजो, मेनुका शाह र प्रकाश न्यौपाने पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित भएका छन्।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार कर्णाली प्रदेशतर्फ बादीले सर्वाधिक १ हजार ८१३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि विनिता कठायतले १ हजार ५६० मत प्राप्त गरेकी छन्।
यसैगरी टासी ल्हाङ्गजो १ हजार १८५, मेनुका शाह ८२२ र प्रकाश न्यौपाने ६३४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्याकाे राम मन्दिरमा दान हिनामिनासम्बन्धी विवाद चुलियो
-
आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम
-
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्यो प्रतिनिधि सभा बैठक
-
इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण
-
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण