मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०८ : १७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा मधेश प्रदेशबाट सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित भएका छन्।
- सुस्मा बस्नेतले सर्वाधिक १ हजार ४४१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
- सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अंकित कुमार यादव पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा मधेश प्रदेशबाट सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मधेश प्रदेशतर्फ सुस्मा बस्नेतले सर्वाधिक १ हजार ४४१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि सुनिता कुमारी चौधरीले १ हजार ३०७ मत प्राप्त गरेकी छन्।
यसैगरी नमिता यादव १ हजार १५७, मञ्जु सिंह १ हजार १३ र अंकित कुमार यादव ९६७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
-
भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएको खुलासा
-
निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको सांसद राजीव खत्रीको आरोप
-
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थलको प्रत्याभूति दिलाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण