शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट काे काे  निर्वाचित भए ?

शुक्रबार, १२ असार २०८३, ०८ : ३९
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट उम्मेदवारहरू निर्वाचित भएका छन्।
  • थारु समूहबाट करिष्मा कठरिया र अशोक कुमार चौधरी निर्वाचित भएका छन्।
  • मुस्लिम समूहबाट समिना मिया र रहबर अन्सारी निर्वाचित भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट उम्मेदवारहरू निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार थारु समूहबाट करिष्मा कठरिया १ हजार ३७३ र अशोक कुमार चौधरी १ हजार ३१४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

मधेशी समूहबाट बब्लु गुप्ताले सर्वाधिक १ हजार ४४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यसपछि जुली यादवले १ हजार १९५, कामिनी कुमारी चौधरीले १ हजार ११४, अरविन्द साहले ९७० र दिपक कुमार साहले ८९३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

यस्तै मुस्लिम समूहबाट समिना मियाले १ हजार ६५ र रहबर अन्सारीले १ हजार ४७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप