होर्मुजमा उद्धार योजना स्थगित
तेहरान । संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका ११ हजारभन्दा बढी नाविकको उद्धार योजना अस्थायी रूपमा स्थगित गरेको छ । स्ट्रेट भएर गइरहेको एक मालवाहक जहाजमाथि आक्रमण भएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै योजना रोकिएको हो ।
आईएमओका महासचिव आर्सेनियो डोमिङ्गेजले केही जहाजबाट नाविकहरूको सफलतापूर्वक उद्धार गरिसकिएको भए पनि आवश्यक सुरक्षा सुनिश्चित नभएसम्म थप उद्धार कार्य अघि नबढाइने बताएका छन् । बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार ओमानको दाहित बन्दरगाहबाट करिब ७ दशमलव ५ समुद्री माइल दक्षिण–पूर्वमा रहेको एक जहाज अज्ञात प्रक्षेप्यबाट आक्रमणमा परेको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
समुद्री जोखिम व्यवस्थापन कम्पनी भ्यानगार्डका अनुसार सिंगापुरको झन्डा बोकेको एभर लभ्ली नामक मालवाहक जहाज आक्रमणपछि पनि आफ्नो यात्रा जारी राख्न सफल भएको थियो । अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जहाजमाथि इरानले गोली प्रहार गरेको दाबी गरेका छन् । इरानले पनि स्ट्रेटको तोकिएको मार्गबाहिर यात्रा गर्ने जहाजलाई सुरक्षित आवतजावतको ग्यारेन्टी नदिइने चेतावनी दिएको छ ।
पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए) सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आधिकारिक मार्गबाहिर यात्रा गर्ने जहाजले भोग्ने कुनै पनि परिणामको जिम्मेवारी जहाजका मालिक, सञ्चालक र कप्तानकै हुने जनाएको छ ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण सयौँ जहाज र हजारौँ नाविक खाडी क्षेत्रमा अलपत्र परेका छन् । स्ट्रेट पुनः सञ्चालनमा आएपछि मात्र आईएमओले गत मङ्गलवार उद्धार अभियान सुरु गर्ने घोषणा गरेको थियो ।
आईएमओका अनुसार आक्रमणमा परेको एभर लभ्ली जहाज सङ्गठनको आधिकारिक उद्धार ढाँचाअन्तर्गत यात्रा गरिरहेको थिएन । यसअघि अमेरिका र इरानबिच भएको १४ बुँदे सहमतिअनुसार इरानले ६० दिनसम्म व्यापारिक जहाजको सुरक्षित आवत जावतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर इरानले जलडमरूमा प्रयोग गर्ने जहाजबाट ‘समुद्री सेवा शुल्क’ लिने योजना रहेको बताउँदै आएको छ ।
अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले स्ट्रेट अफ होर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले कुनै पनि देशले त्यहाँ आवतजावतका लागि शुल्क लगाउन नपाउने बताएका छन् । हाल उनी खाडी क्षेत्रको भ्रमणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण