शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने

शुक्रबार, १२ असार २०८३, १२ : १०
शुक्रबार, १२ असार २०८३

सारांश

  • फिल्म 'तरङ्ग' आगामी मङ्सिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
  • कलाकार प्रदीपकुमार चौधरी 'पिके डन'ले निर्देशन गरेको यो फिल्म अलौकिक प्रेम कथामा आधारित छ ।
  • फिल्मको छायाङ्कन मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा गरिएको छ ।

काठमाडौँ । फिल्म ‘तरङ्ग’ आगामी मङ्सिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आज (शुक्रबार) फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ले फिल्म निर्देशन गरेका हुन् । चौधरीको यो निर्देशनमा डेब्यु फिल्म हो ।

देवदत क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दै छन् । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । यो फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीको अभिनय छ ।

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलले छायाङ्कन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायाङ्कन गरिएको फिल्मलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन् । समाजमा देखिँदै आएको भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा फिल्म तयार भएको उनको भनाइ छ । यो फिल्मको निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ ।

730713426_1449751013550539_9092007826621024446_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप