शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन

शुक्रबार, १२ असार २०८३, १२ : ३४
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । फिल्म ‘कंगाल करोडपति’को मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल देखिने भएका छन् । निर्माता प्रविन आचार्यले फिल्मको मुख्य भूमिकामा मुकुन अनुबन्धित गरेका हुन् । फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्।

फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुसालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले फिल्ममा जोडिएको बताए । ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने । अभिनेता भुसाल अभिनीत फिल्म ‘रोल नम्बर १’ अहिले प्रदर्शनरत छ ।

‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मका निर्मातामा अनिलकुमार बुढाथोकी पनि हुन्। सहनिर्मातामा छिरिङ तामाङ रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

हाल फिल्मका कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ ।  फिल्मका लेखक सुमन गजमेर हुन् । निर्माण पक्षले फिल्मको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ। निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी फिल्म छायाङ्कनमा जाने तयारी गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप