शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन

शुक्रबार, १२ असार २०८३, १३ : ०४
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा महामन्त्रीको निर्वाचन रोचक बनेको छ ।
  • महामन्त्रीका ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिई विपिन आचार्यलाई समर्थन गरेका छन् ।
  • रञ्जु दर्शनालगायतका नेताहरूको समर्थनले विपिन आचार्यको पल्ला भारी देखिएको छ ।

चितवन । रास्वपा महाधिवेशन अन्तर्गत महामन्त्रीको निर्वाचन रोचक मोडमा पुगेको छ । महामन्त्रीका ६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेपछि उनको पल्लाभारी हुने देखिएको छ । 

यसअघि पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए । यो सूचीमा अर्की उम्मेदवार रञ्जु दर्शना पनि थपिएकी छिन् । 

अब महामन्त्रीमा आचार्यसहित राजुनाथ पाण्डे, मनिष झा, गणेश कार्की, सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ ।

1-11-bipin acharya2-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप