मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
शुक्रबार, १२ असार २०८३, १४ : १५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको भन्दै कारबाहीको माग गरेका छन् ।
- भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले पार्टीभित्र समूहगत अभ्यास गरिनु नेताको अभिव्यक्ति विपरीत भएको बताए ।
- उनले सभापति रवि लामिछानेलाई गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन् ।
काठमाडौँ । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको भन्दै गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले सभापति रवि लामिछानेलाई यस्तो बताएका हुन् ।
‘जे गर्नु हुँदैन भनेर भनिन्छ त्यही हुँदा नराम्रो हो’, उनले भने– ‘डेमोक्रेटिक प्रोसेसमा समूहगत अभ्यास गर्नुभयो त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीत हो ।’
उनले भने– ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यहीबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण