पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
सारांश
- खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७२ सालमा प्रकाशित १९२ साहित्यिक पुस्तकहरूमध्येबाट पद्मश्री पुरस्कारका लागि १५ पुस्तकको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको छ।
- पुरस्कार चयन समितिले पहिलो चरणमा १९२ पुस्तकबाट १५ पुस्तक छानेर प्रतिष्ठानलाई उपलब्ध गराएको हो।
- आगामी महिना यही विस्तारित सूचीबाट समितिले उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची चयन गर्नेछ।
काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०७२ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको छ।
चितवनको रत्ननगरस्थित प्रतिष्ठानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सूची सार्वजनिक गरेको हो।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार २०७२ सालमा प्रकाशित १९२ वटा साहित्यिक पुस्तकहरू प्रतिष्ठानलाई प्राप्त भएका थिए। तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तकलाई छानेर प्रतिष्ठानलाई उपलब्ध गराएको हो। अब आगामी महिना यही विस्तारित सूचीबाट समितिले उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची चयन गर्नेछ।
पद्मश्री उत्कृष्ट विस्तारित सूचीमा परेका कृति र तिनका लेखकहरूलाई वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको छ। जसअनुसार गोविन्द गिरी प्रेरणाको कृति 'अ-विधवा', डा. नवराज लम्सालको 'कल्प', नारायण ढकालको 'जगज्जननी उसकी आमाको नाम होइन', चन्द्रप्रकाश बानियाँको 'तुलु राजा' र क्षितिज समपर्णको 'तोरकीन' सूचीमा अटाएका छन्।
यसैगरी नवीन अभिलाषीको 'दहाड', उमा सुवेदीको 'परिधि', ओम रिजालको 'पैकेलो', खगेन्द्र गिरीको 'भग्न प्रेमशाला' र भूपिनको 'मध्यको उज्यालो' पनि पहिलो चरणको छनोटमा परेका छन्। त्यस्तै सीमा आभासको 'महायुग', डा. नवराज केसीको 'स्वस्पर्श', श्रवण मुकारुङको 'सलह', शंकरप्रसाद गैरेको 'सूतपुत्र' र नदीशको कृति 'हिउँद' पनि पद्मश्री पुरस्कारको दौडमा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण