सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’

सोमबार, १५ असार २०८३, ०९ : ४३
सोमबार, १५ असार २०८३

सारांश

  • नेकपा एमालेका नेता गोकुल बास्कोटाले कम्युनिस्ट पार्टीहरूबीचको एकता र मोर्चाबन्दीको प्रयासलाई व्यङ्ग्य गरेका छन्।
  • उनले यसलाई नेतृत्वले आफ्नो असफलता छोप्न र शक्तिमा टिक्नका लागि प्रयोग गरेको भुत्ते हतियारको संज्ञा दिएका छन्।
  • बास्कोटाले नेताहरूलाई सुधार र शक्ति आर्जनका लागि पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती दिएका छन्।

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तिखो टिप्पणी गरेका छन्। 

पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन्। 

उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’ राजनीतिक दलहरू बिच एकता वा मोर्चा बनाउने नाममा नेतृत्वले केवल आफ्नो स्वार्थ मात्रै हेरेको उनको बुझाइ छ।

उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन्। बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप