अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
काठमाडाैँ । अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुनर्मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
लागूऔषध नियन्त्रण तथा जनचेतनासम्बन्धी एक कार्यक्रममा मन्त्रालयअन्तर्गतको राष्ट्रिय लागूऔषध लत उपचार कार्यक्रमका निर्देशक अल–हाफिज इनामुल्लाह अम्मरले ४५ हजारभन्दा बढी दुर्व्यसनीले उपचार सेवा प्राप्त गरेको जानकारी दिए । उहाँका अनुसार करिब तीन लाख व्यक्ति लागूऔषध दुरुपयोग रोकथामसम्बन्धी जनचेतनामूलक अभियानबाट लाभान्वित भएका छन्।
‘देशभर लागूऔषध नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउँदै उपचार सेवा विस्तार गर्न सरकार प्रतिबद्ध छ,’ अम्मरले भने।
मन्त्रालयका उपचारात्मक औषधि महानिर्देशक वाहदत अलोकोजेका अनुसार हाल अफगानिस्तानभरका करिब ६७ अस्पतालबाट लागूऔषध दुर्व्यसनीको उपचार सेवा उपलब्ध गराइँदै आएको छ।
अमेरिका र उसका सहयोगी राष्ट्रहरूको सैन्य उपस्थितिका क्रममा अफगानिस्तान विगत दुई दशकसम्म अफिम र हेरोइनको प्रमुख विश्व उत्पादकमध्ये एक बनेको थियो। त्यस अवधिमा लाखौँ व्यक्ति लागूऔषधको लतमा फसेका थिए, जसका कारण गरिब मुलुक अफगानिस्तानले अहिले पनि गम्भीर सार्वजनिक स्वास्थ्य तथा सामाजिक चुनौती सामना गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण