मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा

मङ्गलबार, १६ असार २०८३, १२ : ३१
मङ्गलबार, १६ असार २०८३

सारांश

  • बलिउड अभिनेता अजय देवगनको आगामी फिल्म ‘चौहान’को टिजर सार्वजनिक भएसँगै विवाद सुरु भएको छ ।
  • ‘क्षत्रिय परिषद्’ले टिजरमा प्रस्तुत गरिएका केही दृश्य तथा संवाद र राजपूत इतिहासलाई प्रस्तुत गरिएको शैलीप्रति आपत्ति जनाएको छ ।
  • क्षत्रिय परिषद्ले राजपूत इतिहासलाई राजनीतिक वा वैचारिक हतियारका रूपमा प्रयोग गरिएको भन्दै विरोध गरेको छ ।

मुम्बई । बलिउड अभिनेता अजय देवगन आगामी फिल्म ‘चौहान’लाई लिएर चर्चामा छन् । फिल्मको हालै टिजर सार्वजनिक भएको थियो । टिजर सार्वजनिक भएसँगै विवाद सुरु भएको छ । ‘क्षत्रीय परिषद्’ ले टिजरमा प्रस्तुत गरिएका केही दृश्य तथा संवादप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

नीरज यादवको निर्देशित फिल्मको टिजरमा देखाइएका केही संवाद र राजपूत इतिहासलाई प्रस्तुत गरिएको शैलीप्रति ‘क्षत्रिय परिषद्’ले कडा आपत्ति जनाएको हो ।

क्षत्रीय परिषद्ले राजपूत इतिहासलाई राजनीतिक वा वैचारिक हतियारका रूपमा प्रयोग गरिएको भन्दै विरोध गरेको छ । सङ्गठनका अनुसार यस्ता प्रयासहरू चुनावी वा वैचारिक स्वार्थका लागि भइरहेका छन् ।

क्षत्रीय परिषद्ले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एक विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘हामी नीरज यादव र अजय देवगनको आगामी चलचित्र ‘चौहान’ मा वर्तमान साम्प्रदायिक राजनीतिका लागि ‘चौहान’ वंशको नाम प्रयोग गर्ने प्रयासको कडा निन्दा गर्दछौँ । राजपूत इतिहास कुनै राजनीतिक हतियार होइन । चौहानहरूको विरासत राजपूत इतिहासको अभिन्न अङ्ग हो, यो कुनै चुनावी एजेन्डा वा बाह्य व्यक्तिहरूद्वारा सिर्जना गरिएको विवादको विषय बन्न सक्दैन । हामी वैचारिक उद्देश्यका लागि राजपूत पहिचानलाई हतियार बनाउने हरेक प्रयासलाई अस्वीकार गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप