मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

मङ्गलबार, १६ असार २०८३, १७ : १७
मङ्गलबार, १६ असार २०८३

सारांश

  • साउदी अरब सरकारले रमजानको अवसरमा जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ ।
  • नेपाल सरकारले साउदी सरकारको यस कदमको सराहना गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
  • आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि आममाफी पाएका ३३ नेपाली स्वदेश फर्कनेछन् ।

काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । 

मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।

साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी अधिराज्यको सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारको यस प्रकारको निर्णयले नेपाल र साउदी अरबबिच लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धलाई झल्काएको उल्लेख गरेको छ ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा साउदी सरकारले यी कैदीहरूलाई आममाफी दिएको हो । आममाफी पाएका ३३ जना नेपालीहरू साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा भएलगत्तै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप