खाना पकाउने ग्यासको मूल्य घट्यो, अब कति पर्छ ?
मङ्गलबार, १६ असार २०८३, २२ : ५९
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एल.पि. ग्यासको मूल्य घटनाएको छ। निगम सञ्चालक समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भन्दै ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाउने निर्णय गरेको हो।
नयाँ मूल्य अनुसार अब उपभोक्ताले १४.२ केजीको ग्यास सिलिन्डरका लागि २ हजार ६० रुपैयाँ मात्र तिर्नुपर्नेछ। यसअघि यसको खुद्रा बिक्री मूल्य २ हजार १६० रुपैयाँ रहेको थियो। त्यस्तै, ७.१ केजीको सानो सिलिन्डरको मूल्य पनि १०८० रुपैयाँबाट घटेर १ हजार ३० रुपैयाँ कायम भएको छ।
इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा ग्यासको लागत घटेर आएकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यो नयाँ बुधबार बिहानदेखि लागू हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण