जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले जर्मनीकी संघीय आर्थिक सहयोग तथा विकास मन्त्री रीम अलाबाली राडोभानसँग भेटवार्ता गरेकी छन्।
- सो भेटवार्तामा दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा साझा समृद्धिको यात्रामा युवा नेतृत्वको भूमिकाबारे छलफल भएको थियो।
- सांसद ओलीले नेपाल र जर्मनीबीच द्विपक्षीय सम्बन्ध र सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेकी छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओली जर्मनीको ह्याम्बर्गमा आयोजित ‘ह्याम्बर्ग सस्टेनेबिलिटी सम्मेलन’मा सहभागी भएकी छन् । सो क्रममा उनले मंगलबार जर्मनीकी संघीय आर्थिक सहयोग तथा विकास मन्त्री रीम अलाबाली राडोभानसँग भेटवार्ता गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भेटबारे जानकारी दिँदै उनले सो क्रममा दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा साझा समृद्धिको यात्रामा युवा नेतृत्वको भूमिकाबारे छलफल भएको उल्लेख गरेकी छन्।
ओलीले यस्ता अन्तर्राष्ट्रिय मञ्चले अनुभव आदानप्रदान, आपसी विश्वास तथा भावी सहकार्यका सम्भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन्।
उनले नेपाल र जर्मनीबीच दिगो विकास, आपसी साझेदारी तथा भावी पुस्ताको समृद्ध भविष्यका लागि द्विपक्षीय सम्बन्ध र सहकार्य अझ सुदृढ हुँदै जाने अपेक्षा पनि व्यक्त गरेकी छन्। सम्मेलनमा भाग लिन केही दिनअघि त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण