सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
सारांश
- सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
- सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको छ भने राष्ट्रिय सदाचार नीति २०८३ जारी गरिएको छ ।
- मल, औषधि तथा अत्यावश्यक औषधि खरिदलाई सहजीकरण गर्न सार्वजनिक खरिद दोस्रो संशोधन सङ्घीय संसदमा पेस भएको छ ।
काठमाडौँ । सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो ।
सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको बताए भने राष्ट्रिय सदाचार नीति २०८३ जारी गरिएको समेत बताए । पोखरेलले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत जानकारी दिए ।
मल, औषधि तथा अत्यावश्यक औषधि खरिदलाई सहजीकरण गर्न सार्वजनिक खरिद दोस्रो संशोधन सङ्घीय संसदमा पेस भएको जानकारी समेत उनले दिए । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता पोखरेलले भने, ‘सङ्घीय मन्त्रालयको बोझिलो संरचना थियो । बाचा पत्रमा नै घटाएर १८ मा सिमित गरेका छौँ । मन्त्रिपरिषद् १७ सदस्यीय गठन गरेका छौँ । २० अर्ब रकम बचत हुने अनुमान गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनाद्वारा लुहान्स्कको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा भएको पुटिनको घोषणा
-
विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
-
१० बजे १० समाचार : बालेन सरकारको सय दिनदेखि उपसचिव र डीएसपीको सरुवासम्म
-
बजेट अभाव हुन दिँदैनौँ, काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस् : मन्त्री लम्साल
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण