यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
शनिबार, २० असार २०८३, २० : ५५
सारांश
- नेपाली कराते खेलाडी सुमन तिमिल्सिनाले अमेरिकाको फ्लोरिडामा भएको यूएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा पुरुष एकल काता विधामा कांस्य पदक जितेका छन्।
- यस विधामा मेक्सिकोले स्वर्ण, अमेरिकाले रजत र जर्मनीले अर्को कांस्य पदक जित्यो।
- गत वर्षको सोही प्रतियोगितामा सुमनले स्वर्ण पदक जितेका थिए।
काठमाडौँ। नेपाली कराते खेलाडी सुमन तिमिल्सिनाले यूएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्। अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले पुरुष एकल काता विधामा कांस्य पदक जितेका हुन्।
यो विधामा मेक्सिकोले स्वर्ण तथा अमेरिकाले रजत पदक जित्दा अर्को कांस्य पदक जर्मनीको पोल्टामा गयो। यसअघि सन् २०२३ मा भएको यही प्रतियोगितामा भने सुमनले स्वर्ण पदक जित्न सफल भएका थिए।
सुमनको यस अमेरिका यात्राका लागि लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. ले हवाई टिकट प्रायोजन गरेको छ। लनर्सका प्रबन्धक सुदिप छत्कुली पनि खेलाडी सुमनसँगै अहिले अमेरिकामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण