आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा

आइतबार, २१ असार २०८३, ०८ : २८
आइतबार, २१ असार २०८३

सारांश

  • महोत्तरीको एकडारा गाउँपालिकाबाट सशस्त्र प्रहरीले फल्स बटम बनाएको ट्रकबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
  • नियन्त्रणमा लिइएका मकवानपुरका साधुराम थिङ र विपस नेगी ट्रकका मालिक र चालक हुन् ।
  • प्रहरीले ट्रक रोक्न खोज्दा भागेपछि करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिई जाँच गर्दा गाँजा फेला परेको थियो ।

काठमाडौँ । महोत्तरीको  एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरूमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही  गाउँपालिका–६ बस्ने २१ वर्षीय विपस नेगी छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन् । उक्त टोलीले धनकुटाको भेडेटारबाट  महोत्तरीको जलेश्वर हुँदै  पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्बरको ट्रकलाई रोक्न खोज्दा नरोकी तीव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।

सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शङ्कास्पद  देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याबिनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्दल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो ।

साथै उनीहरूको साथबाट नेपाली रुपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट, मोबाइल थान २ थान तथा ट्रक र मोटरसाइकलको ब्लुबुक समेत  फेला परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप