तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
सारांश
- चलचित्रकर्मी तथा लेखक नबल खड्काको नयाँ पुस्तक 'नबल खड्का' दार्चुलाको तिङ्कर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भमा विमोचन गरिएको छ।
- राष्ट्रिय जेन्जी नागरिक अभियानद्वारा आयोजित कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहले पुस्तक विमोचन गर्दै अभिनेता खड्कालाई देशप्रेमको सशक्त आवाजको संज्ञा दिए।
- अभिनेता खड्काले 'नबल खड्का' पुस्तक र 'भीमदत्त', 'काँडेतार' चलचित्रको मुनाफाको ५० प्रतिशत सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि दिने घोषणा गरेका छन्।
काठमाडौँ । चलचित्रकर्मी तथा लेखक नबल खड्काको नयाँ पुस्तक ‘नबल खड्का’ नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङमा विमोचन गरिएको छ। समुन्द्र सतहदेखि ५,२५८ मिटरको उचाइमा रहेको ऐतिहासिक १ नम्बर जङ्गे सीमा स्तम्भमै पुगेर सो पुस्तकको विमोचन गरिएको हो।
राष्ट्रिय जेन्जी नागरिक अभियानद्वारा आयोजित कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहले पुस्तक विमोचन गरे । कार्यक्रमका अध्यक्ष सिंहले अभिनेता खड्कालाई देशप्रेमको सशक्त आवाजको संज्ञा दिँदै राज्यले समयमै यस्ता देशभक्तको कदर गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमलाई अभिनेता खड्काले आफ्नो पुस्तक ‘नबल खड्का’ तथा चलचित्रहरू ‘भीमदत्त’ र ‘काँडेतार’ बाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि प्रदान गर्ने घोषणा गरे।
खड्काले सरकारलाई भने, 'हामी ० नम्बर पिलर खोज्न गयौँ तर भेटिएन। सरकारले ० नम्बर पिलर कहाँ छ, देखाइयोस्।' उनले लिपुलेक, लिम्पियाधुरा र महाकाली क्षेत्रको वास्तविक अवस्था बुझ्न सरकारलाई स्थानीयसँगै एक रात बसेर हेर्न समेत सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण