खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
आइतबार, २१ असार २०८३, ०९ : ०५
सारांश
- सल्यानमा खेत रोप्न गएकी ४६ वर्षीया सिता विकको शारदा नदीमा डुबेर मृत्यु भएको छ।
- रोपाइँको काम सकेपछि आइतबार बेलुका नदीमा नुहाउन गएकी विकको डुबेर ज्यान गएको हो।
- मृतक विकका श्रीमान् र छोरा कामको सिलसिलामा भारतमा रहेका छन्।
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक रहेकी छिन्।
सल्यान प्रहरीका अनुसार, धान रोप्न गएकी उनी रोपाइँको काम सके पश्चात् आइतबार बेलुका ५ बजेतिर शारदा नदीमा नुहाउन गएकी थिइन्। त्यही क्रममा उनको डुबेर मृत्यु भएको हो ।
उनका श्रीमान् र एउटा छोरा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
-
विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण