अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
मेक्सिको सिटी । विश्वकप फुटबलको सह-आयोजक राष्ट्र मेक्सिकोका खेलाडी तथा स्टाफहरूले चर्चित कन्टेन्ट क्रिएटर ‘स्टिभविल्डुइट’ बाट उपहार स्वरूप पाएका बहुमूल्य घडीहरू फिर्ता गर्न बाध्य भएका छन्।
वास्तविक नाम स्टिफन डेलियोनार्डिस रहेका ती अमेरिकी युट्युबरले मेक्सिकन टोलीका प्रत्येक खेलाडी र कर्मचारीका लागि १० लाख डलर खर्च गरेर रोलेक्स घडीहरू उपहार दिएका थिए।
डेलियोनार्डिसले गत सोमबार मेक्सिकोको टोलीलाई भेटेर ती घडीहरू हस्तान्तरण गरेका थिए। सो भेटको भोलिपल्ट मेक्सिकोले अन्तिम ३२ को खेलमा इक्वेडरलाई पराजित गरेको थियो। मेक्सिकोले आइतबार बेलुका मेक्सिको सिटीको एज्टेका रङ्गशालामा इंग्ल्याण्डसँग अन्तिम १६ को खेल खेल्दै छ।
फिफाको आचारसंहिताको धारा २१ मा उपहार दिने र लिने सम्बन्धमा कडा प्रतिबन्धहरू व्यवस्था गरिएको छ। जस अनुसार केवल ‘प्रतीकात्मक वा सामान्य मूल्य’ भएका उपहारहरू मात्रै दिन वा लिन पाइन्छ।
मेक्सिकन टोलीको आधिकारिक एक्स (ट्विटर) खातामा राखिएको पोस्ट अनुसार खेलाडीहरूले ‘आपसी सहमति’ मा ती घडीहरू फिर्ता गर्ने निर्णय गरेका हुन्। युट्युबर स्टिभविल्डुइटले आफ्नै व्यक्तिगत पहलमा ती घडीहरू उपहार दिएको मेक्सिकोले स्पष्ट पारेको छ।
मेक्सिकन टोली सन् १९८६ मा आफैँले विश्वकप आयोजना गरेयता पहिलोपटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
-
ओली हटाउने पक्षमा गण्डकी एमाले
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण