मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना

मङ्गलबार, २३ असार २०८३, ०८ : १०
मङ्गलबार, २३ असार २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण विभागले शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।
  • पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ ।
  • विभागले जयवीरका बुबासहित आमा आरजुलाई यसअघि नै बोलाइसकेको छ ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।

पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ ।

पुर्जी बुढानीलकण्ठमा रहेको देउवाको घरमा पनि टाँस गरिएको छ ।

1-deuwa niwas Jayabir_NPL (1)

विभागले जयवीरका बुबासहित आमा आरजुलाई यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराएका थिए । 

2-deuwa niwas Jayabir_NPL (5)

nn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप