बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

बुधबार, २४ असार २०८३, ०७ : ५३
बुधबार, २४ असार २०८३

सारांश

  • काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा प्रहरीले सवारी साधन जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
  • बर्दिबासबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको कार जाँच गर्दा पाँच जना पक्राउ परेका हुन् ।
  • पक्राउ परेका पाँच जनामध्ये दुई जनाको लागूऔषध सेवन परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

काभ्रे । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको प्रहरी चेकपोस्टमा गरिएको सवारी साधन जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

असार २३ गते साँझ करिब ५ बजे प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शङ्कास्पद देखिएपछि जाँच गरेको थियो । जाँचका क्रममा उक्त कारमा सवार पाँच जनामध्ये दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–७ बस्ने २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम तथा प्लास्टिकबाहेक ५६.७५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको छ ।

त्यसपछि कारमा सवार पाँचै जनाको लागूऔषध तथा मादक पदार्थ सेवन परीक्षण गर्दा सविन कोइराला र जगत् खत्रीको रिपोर्ट पोजिटिभ आएको छ ।

लागूऔषधसहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप