खेलकुद
फिफाको निलम्बनपछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक एरेना पदमुक्त
बुधबार, २४ असार २०८३, ११ : ३४
सारांश
- फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् ।
- एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार नेपाली फुटबल निलम्बनका कारण सङ्कटमा परेकाले तत्कालका लागि एरेनालाई रिलिज गर्ने निर्णय गरिएको हो ।
- एन्फाले गत फागुन २८ गते स्वीट्जरल्यान्डका एरेनालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि दुवै पक्षको आपसी सहमतिमा सम्झौता रद्द गरिएको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार नेपाली फुटबल निलम्बनका कारण सङ्कटमा परेकाले तत्कालका लागि एरेनालाई रिलिज गर्ने निर्णय गरिएको हो । उनी भन्छन् ‘अहिले नेपाली फुटबल निलम्बनको अवस्थामा रहेकाले दुवै पक्षको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय गर्याैँ । निलम्बन कहिले फुकुवा हुन्छ नै फिक्सड छैन,’ रातोपाटीसँग शाहले भने ।
एन्फाले गत फागुन २८ गते स्वीट्जरल्यान्डका एरेनालाई औपचारिक रूपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
-
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण