बालेनसँग छलफल गर्न को–को जाँदैछन निजी क्षेत्रका प्रतिनिधि ?
सारांश
- प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्दैछन् ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने यस बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा छलफल हुनेछ ।
- बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसहित सांसद विदुषी रानाको पनि उपस्थिति रहनेछ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज एक विशेष संवाद गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुन लागेको उक्त उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा गहन छलफल हुनेछ।
बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा.घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा लगायतको उपस्थिति रहनेछ।
बैठकमा सांसद विदुषी राना पनि सहभागी हुने छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
-
फरार रहेका ७ जना प्रतिवादीको हकमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण