भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा
मेलबर्न । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धि वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा गएको जनाइएको छ ।
मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्यालीमा मोदीलाई रकस्टार स्वागत गर्ने तयारी गरिएको तथा यस कार्यक्रममा २० हजार भन्दा बढी मानिसहरू सहभागी हुने अनुमान गरिएको जनाइएको छ ।
पछिल्लो समयमा भारत र अष्ट्रेलिया निकै नजिक हुँदै गएको जनाइएको छ भने युद्धको समयमा भारत र अस्ट्रेलियाको स्थितिलाई ध्यानमा राख्दै यो ऐतिहासिक रूपमा निकै कठिन सम्बन्ध रहेको अस्ट्रेलिया भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशले बताएकी छन् ।
विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्न प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग बिहीबारको बैठकमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
उच्च जनसङ्ख्या भएको देश भारतले आफ्नो आणविक उर्जा क्षमता तीव्र रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ भने विश्व आणविक सङ्घका अनुसार अस्ट्रेलियाले विश्वको युरेनियम स्रोतको २८ प्रतिशत ओगटेको अनुमान गरिएको छ ।
यस अघि भारत र अष्ट्रेलियाले सन् २०१५ मा आणविक सहयोग सम्झौता गरेर युरेनियम निर्यातको लागि मार्ग प्रशस्त गरेता पनि कानुनी अवरोधहरू बाँकी रहेकाले हालसम्म व्यापार सहज हुन नसकेको जनाइएको छ ।
विद्युतीय सवारीको बजारलाई बढाउने महत्वाकांक्षाका साथ, भारत पनि लिथियम लगायतका महत्वपूर्ण खनिजहरूको खोजीमा रहेको तथा अस्ट्रेलियासँग प्रशस्त मात्रामा लिथियम रहेको जनाइएको छ ।
अस्ट्रेलिया, भारत, संयुक्त राज्य अमेरिका र जापान क्वाडका सदस्यहरू हुन्, जुन समूहलाई एसिया–प्रशान्त क्षेत्रमा चिनको विपक्षको रूपमा हेरिन्छ ।
संयुक्त राज्य अमेरिकाले गठबन्धनमा कम चासो देखाएको देखिन्छ, भने नयाँ दिल्ली र क्यानबेराले रक्षाका मामिलाहरूमा एक–अर्कासँग काम गर्ने इच्छा देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण