तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
शुक्रबार, २६ असार २०८३, १० : ३९
सारांश
- तनहुँको ब्यास नगरपालिका–३ मा झोलुङ्गे पुलबाट नदीमा हाम फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।
- बिहीबार राति ८ बजेर ३० मिनेटमा चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीलाई नदीको बिच भागबाट अड्किएको अवस्थामा उद्धार गरिएको हो ।
- डीएसपी द्वारिका घिमिरेको नेतृत्वमा प्रहरी र सेनाको टोलीले राति साढे ११ बजे उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ ।
काठमाडौँ । तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् ।
नदीको बिच भागबाट अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले रातोपाटीलाई बताए । डीएसपी घिमिरेको नेतृत्वमा २० जना प्रहरी र सेनाको काली भञ्जन गण चापाघाटबाट खटिएका डुङ्गा सहितका १० जना सैनिकले उनको उद्धार गरेका हुन् ।
राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको डीएसपी घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
-
काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
-
अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु
-
सांसदको प्रश्न हटाइने, प्रधानमन्त्रीको अभिव्यक्ति सुरक्षित राख्ने ? : ठाकुर गैरे
-
पूर्वअध्यक्ष रवि सिंहकाे कम्पनीसहित व्यवसायीहरु कालोसूचीमा
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण