शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा

शुक्रबार, २६ असार २०८३, ०९ : २९
शुक्रबार, २६ असार २०८३

सारांश

  • बागलुङको मालढुङ्गास्थित मध्यपहाडी लोकमार्गमा लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा लिइएका छन् ।
  • प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखसहितको टोलीले जाँच गर्ने क्रममा उनीहरूले लागुऔषध सेवन गरेको पुष्टि भएको हो ।
  • नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ ।

बागलुङ । बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित मध्यपहाडी लोकमार्गमा गरिएको संयुक्त सवारी जाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा लिइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरसहितको संयुक्त चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा लागुऔषध सेवन परीक्षण गर्दा ६ जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको हो ।

पक्राउ पर्नेमा पर्वत जलजला गाउँपालिका–४ का ३२ वर्षीय प्रेमबहादुर दर्जी, पर्वत कुश्मा नगरपालिका–१० का ३५ वर्षीय उत्तम नेपाली, पर्वत कुश्मा नगरपालिका–९ का ४५ वर्षीय राजन लामिछाने, बागलुङ नगरपालिका–१ का २२ वर्षीय दिपेश घर्ती क्षेत्री, बागलुङ नगरपालिका(११ घर भई हाल बागलुङ–३ बस्ने २० वर्षीय दीपक थापा र महोत्तरी जनकपुर नगरपालिका–८ घर भई हाल बागलुङ–१ रामरेखा बस्ने २३ वर्षीय आशिष शाह रहेका छन् । 

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । सम्बन्धित सवारी साधनलाई नियमानुसार जरिवाना गरी धनीको जिम्मा लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप