धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
सारांश
- धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध ७२ लाख ५९ हजार ९० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
- आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणविरुद्ध मुद्दा चलाइएको हो।
- उनीहरूमाथि माछाका भुरा खरिद नै नगरी नक्कली बिल बनाएर सरकारी रकम हिनामिना गरेको आरोप छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणविरुद्ध मुद्दा चलाइएको हो।
अख्तियारका अनुसार उनीहरूले माछाका भुरा खरिद नै नगरी नक्कली बिल बनाएको र भुरा प्राप्त नगरेका कृषकहरूको नक्कली नाम, ठेगाना र भर्पाई खडा गरी सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।
आयोगले उनीहरूबाट बिगो असुल गरी कैद र जरिवानाको मागदाबी गरेको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण