मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
सारांश
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक प्रदान गरेको छ।
- कराते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षकलाई पोसाक वितरण गरिएको हो।
- राखेपले २०८० साल माघ १५ गतेदेखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक प्रदान गरेको छ।
विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार एक कार्यक्रमबीच खेल पोसाक वितरण गरिएको हो।
पोसाक प्राप्त गर्नेहरूमा कराते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षक रहेका छन्। राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले उनीहरूलाई पोसाक वितरण गरेका हुन्।
कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले विशेष तयारी प्रशिक्षण सुरु गर्नु राम्रो काम भएको बताउँदै अब खेलाडीले एसियन गेम्समा आफूलाई प्रमाणित गर्ने बेला आएको उल्लेख गरे। त्यस्तै कार्यकारी सदस्य श्रेष्ठले एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि खेलाडीहरूलाई शुभकामना दिइन्।
हाङझाव एसियाडकी कीर्तिमानी रजत विजेता कराते खेलाडी एरिका गुरुङले यो प्रशिक्षणले खेलाडीहरूमा ऊर्जा थपेको र नयाँ आशा जगाएको बताइन्। लामो अवधिको प्रशिक्षणले सहज महसुस भएको भन्दै उनले आफूहरू एसियाली खेलकुदका लागि तयार रहेको स्पष्ट पारिन्।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले पारा तेक्वान्दो, पारा स्विमिङ, पारा एथलेटिक्स, पारा ब्याडमिन्टन र पारा पावरलिफ्टिङका खेलाडीहरूलाई यसअघि नै पोसाक वितरण गरिसकिएको जानकारी दिए। जापानमा हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्यका साथ राखेपले २०८० साल माघ १५ गतेदेखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण