भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
सारांश
- भियतनामको फु क्वक टापु नजिकै भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा परेका २३ जनालाई उद्धार गरी उपचार भइरहेको छ ।
- होन मे रुट न्गोआईबाट करिब ४०० मिटर अगाडि बढेपछि स्पिडबोटमा अचानक खराबी आएर पल्टिएको थियो ।
फु क्वक । भियतनामको फु क्वक टापु नजिकै भारतीय पर्यटकहरूको एउटा समूह सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु भएको छ । अधिकारीहरूबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ३२ जना पर्यटक, केही चालक दलका सदस्य र फ्लाइट एटेन्डेन्ट सवार उक्त स्पिडबोट शनिबार दिउँसो करिब १ बजे पल्टिएको हो।
तुओइ त्रे समाचार एजेन्सीका अनुसार दुर्घटनामा परेका २३ जनालाई उद्धार गरी किनारमा ल्याइएको छ र उनीहरूको उपचार भइरहेको छ। एजी २६७५१ दर्ता नम्बर रहेको उक्त स्पिडबोट मिन्ह हुई फु क्वक ट्रेडिङ एन्ड टुरिजम कम्पनी लिमिटेडको रहेको खुलेको छ।
होन मे रुट न्गोआईबाट करिब ४०० मिटर अगाडि बढेपछि स्पिडबोटमा अचानक खराबी आएर पल्टिएको थियो, जसका कारण सबै यात्री र चालक दलका सदस्य समुद्रमा खसेका थिए।
एउटा भिडियोमा दुर्घटनास्थलमा तीव्र हावा चलेको र ठुला छालहरू उठेको देखिएको छ । उद्धार टोलीले पानीमा डुबिरहेका मानिसहरूतर्फ लाइफगार्ड फ्याँकिरहेको देखिन्छ भने जेट स्कीहरू उद्धार गरिएका मानिसहरूलाई किनारसम्म पुर्याउन व्यस्त देखिएका छन् ।
सीमा सुरक्षा बलले उद्धार कार्यका लागि दुई वटा डुङ्गा र ३५ जना जवान परिचालन गरेको छ। यस अभियानमा नौसेना, तटरक्षक बल र अन्य सम्बन्धित एजेन्सीहरूले मिलेर काम गरेका छन् ।
यो दुर्घटना होन मे रुट टापुमा भएको हो, जुन आफ्नो प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ। यस ठाउँलाई फु क्वकको सबैभन्दा उत्कृष्ट कोरल रिफ डाइभिङ स्थलहरूमध्ये एक मानिन्छ।
यस स्थानसम्म पुग्नका लागि पर्यटकहरूले सामान्यतया डुङ्गा प्रयोग गर्ने गर्छन् र त्यहाँ पुग्न करिब २० देखि ४० मिनेटको समय लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण