इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
सारांश
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)-२०२६ अन्तर्गत एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहित 'लाइफ टाइम एचिभमेन्ट अवार्ड' प्रदान गरिने भएको छ ।
- इन्फा अवार्ड २०२६ ले २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको छ ।
- अवार्डको निर्णायक मण्डलमा हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा रहेका छन् ।
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहितको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)–२०२६ अन्तर्गत उनलाई सो सम्मान दिन लागेको हो ।
राजधानीमा एक कार्यक्रमका बिच अवार्डले उत्कृष्ट पाँच पनि घोषणा गरेको छ । इन्फा इभेन्ट्स युके र इन्फा नेपालको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । २०८२ वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरू अवार्डमा सहभागी छन् ।
कार्यक्रममा अवार्डमा नोमिनिजलाई प्रमाणपत्र समेत प्रदान गरियो । अवार्डको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा छन् ।
यस्तो छ उत्कृष्ट ५ मनोनयन
१. उत्कृष्ट चलचित्र
आ बाट आमा– चन्द्र पन्त
ऊनको स्विटर– आर्टमाण्डु नेपाल
कोशेढुंगा– पदमबहादुर श्रेष्ठ
जेरी : अन टप– सरोज न्यौपाने
परान : रञ्जित आचार्य– शेखर गोल्छा
२. उत्कृष्ट निर्देशक
दीपकप्रसाद आचार्य – परान
नविन चौहान – ऊनको स्विटर
सरोज पौडेल – कोशेढुंगा
सुदिप्ता – रमिताको पिरती
सुयोग गुरुङ – जेरीः अन टप
३. उत्कृष्ट अभिनेता
अनमोल केसी – जेरीः अन टप
नाजिर हुसेन – गुन्यु चोलो
नीर शाह – परान
पल शाह – आ बाट आमा
विपिन कार्की – ऊनको स्विटर
४. उत्कृष्ट अभिनेत्री
आना शर्मा – रमिताको पिरती
जसिता गुरुङ – जेरीः अन टप
मिरुना मगर – ऊनको स्विटर
रिश्मा गुरुङ – रिमै
सुरक्षा पन्त – कोशेढुंगा
५. चरित्र अभिनेत्री
कविता आले–जनै हराएको मान्छे
लक्ष्मी गिरी – श्री बुकुरो
विपना थापा – आ बाट आमा
रमा थपलिया – जन्ते बाख्रो
ऋचा शर्मा – बलिदान
६. चरित्र अभिनेता
लोकेन्द्र लेखक – जन्ते बाख्रो
माओत्से गुरुङ – रिमै
माओत्से गुरुङ – ऊनको स्विटर
वुद्दि तामाङ – माइतीघर
सन्तोष पन्त – हर्ष
७. उत्कृष्ट द्वन्द्व निर्देशक
राजु तामाङ – नरसिंहा अवतार
सम्राट बस्नेत–राजु तामाङ –जेरीः अनटप
श्री श्रेष्ठ – परिवर्तन
श्री श्रेष्ठ – राम नाम सत्य
श्री श्रेष्ठ र स्टनर शाम – बलिदान
८. उत्कृष्ट खलपात्र
अर्जुनजंग शाही – मोहर
दिव्यदेव पन्त – हरि बहादुरको जुत्ता
प्रवीण खतिवडा – कोशेढुंगा
हेमन्त बुढाथोकी – बलिदान
श्रृष्टि श्रेष्ठ – द ब्लूलाइट
९. उत्कृष्ट छायांकार
चिन्तनराज भण्डारी– ऊनको स्विटर
दुलिप रेग्मी – जेरीः अन टप
नरेन्द्र मैनाली – द ब्लूलाइट
सुजन प्रजापति – माइतीघर
शैलेन्द्र डी कार्की – रिमै
१०. उत्कृष्ट सह–अभिनेता
आर्यन सिग्देल – कोशेढुंगा
प्रकाश दाहाल – अभिमन्यू
प्रकाश सपुत – माइतीघर
विनय श्रेष्ठ – रमिताको पिरती
बुद्दि तामाङ – भाइरल गोर्खे
११. उत्कृष्ट सह–अभिनेत्री
आँचल शर्मा – जेरीः अन टप
उपासना सिंह ठकुरी – के घर के डेराः घर नम्बर २
गौमाया गुरुङ – रिमै
प्रियंका कार्की – हरि बहादुरको जुत्ता
रेणुनाथ योगी – रमिताको पिरती
१२. उत्कृष्ट पाश्र्व संगीत
एलिस कार्की र शैलेन्द्र – आ बाट आमा
बज्र क्रियशन – ऊनको स्विटर
मोहक श्रेष्ठ – द ब्लू लाइट
रोहित शाक्य – रिमै
रोमन बज्राचार्य र निकेश – रमिताको पिरती
१३. उत्कृष्ट नव–अभिनेत्री
उषा उप्रेती – आ बाट आमा
खुशी कार्की – राम नाम सत्य
विनिता कार्की – पीआर
विना राउत – मन विनाको धन
श्यामश्री शेर्पा – माइतीघर
१४. उत्कृष्ट नव–अभिनेता
अशोक दर्जी – मन विनाको धन
मन्जिल कुमार – कोशेढुंगा
विमोचन दवाडी–झरीपछिको इन्द्रेणी
समीर श्रेष्ठ – रमिताको पिरती
सुरज पौडेल – पीआर
१५. उत्कृष्ट पाश्र्व गायिका
झुमा लिम्बु – ऊनको स्विटर (काफ्ले)
मनिषा सुनार – नरसिंहा अवतार (तिम्रो मात्र)
रचना रिमाल – राम नाम सत्य (धागोले बाटेको)
सिमरन परियार – सिटामोल (औँठी सुनैको)
सोनिया बराइली – जेरीः अन टप (कुराउनी)
१६. उत्कृष्ट पाश्र्व गायक
एस.डी. योगी – राम नाम सत्य (हुम्लाको लिमी)
बाबुल गिरी – सिटामोल (औँठी सुनैको)
रवि ओड – आ बाट आमा (लैजा खबर)
साइराज खती – नरसिंहा अवतार (तिम्रो हुने)
सुजन चापागाईँ – ऊनको स्विटर (फूलहरू)
१८. उत्कृष्ट गीतकार
गोविन्द भट्ट – सिटामोल (मुटु भित्र खिल छ)
प्रभा बर्तौला – मोहर (सपना हो कि)
बाबुल गिरी – हामी तीन भाई (मैले जति दुःख)
बुद्धि सागर – ढुंगा देउता (के घर के डेराः घर नम्बर २)
हर्क साउद – ऊनको स्विटर (फूलहरू)
१९. उत्कृष्ट पटकथा
ओम प्रतिक – मोहर
नविन चौहान र सुरज – ऊनको स्विटर
बुद्धि सागर – के घर के डेराः घर नम्बर २
विश्वास तिमिल्सिना – जेरीः अन टप
सुदिप्ता अधिकारी – रमिताको पिरती
२०. उत्कृष्ट सम्पादन
कृष्ण भण्डारी – ऊनको स्विटर
नहकुल खड्का – हरि बहादुरको जुत्ता
निमेष श्रेष्ठ – जेरीः अन टप
बन्दे प्रसाद – राम नाम सत्य
सुनिल सिवाकोटी – रमिताको पिरती
२१. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – सिटामोल (झुम्का)
किरण थापा – जेरीः अन टप (कुराउनी)
रामजी लामिछाने–मोहर (चाहिँदैन मोहर)
स्मृति तिमिल्सिना – कोशेढुंगा (नत्र भने)
सियोन श्रेष्ठ – राम नाम सत्य (हुम्लाको लिमि)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण