भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
सारांश
- वैदेशिक रोजगार विभागले अनुमति बिना भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।
- विभागले माग गरेको विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई सचेत गराएको छ ।
- विभागले ऐन, नियम तथा निर्देशन पटक-पटक उल्लङ्घन गर्ने आठ वटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।
काठमाडौँ । अनुमतिबिना भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै वैदेशिक रोजगार विभागले १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई कारबाही गरेको हो ।
त्यस्तै, विभागले माग गरेको विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई सचेत गराएको जनाएको छ । विभागका अनुसार भारतबाट अनुमतिबिना उडान गराउने तथा विभागले मागेको विवरण नपठाउने मास ह्युमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेश्नल म्यानपावर र अञ्जली ओभरसिज सर्भिस, ग्रान्ड सुइट जबलाई जरिबाना गरिएको छ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै २०८२ चैत १ गतेदेखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण मागिएको थियो ।
सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण उपलब्ध गराएका थिए । विवरण अध्ययनका क्रममा १५९ वटा कम्पनीले विभागको स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको विभागले जानकारी दिएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था उल्लङ्घन गरेको भन्दै विभागले १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराएको जनाएको छ ।
विभागले माग गरेको विवरण नबुझाउने ४३४ वटा म्यानपावर कम्पनीलाई पनि ऐनको दफा ३७ उल्लङ्घन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएको छ । ती कम्पनीलाई पुनः विवरण पेस गर्न निर्देशनसमेत दिइएको छ।
विभागले पटक–पटक ऐन, नियम तथा निर्देशन उल्लङ्घन गर्ने आठ वटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ ।
तर, यता नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले विभागलाई उक्त कारबाही प्रक्रिया तत्काल पुनरावलोकन गर्न माग गरेको छ । सङ्घले विभागले कारबाही भन्दा पनि सरोकारवालासँगको समन्वयमा न्यायोचित समाधान खोज्नु पर्ने बताएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै विभागले एकपक्षीय र व्यवसायमैत्री वातावरण विपरीतका निर्णयहरू नसच्याई भने यसले व्यवसायमा गम्भीर असर पार्नुका साथै नेपाली श्रमिकहरू नै प्रत्यक्ष रूपमा प्रभावित हुने चेतावनी सङ्घले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण