सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
सारांश
- फिफाले विश्वकपका अन्तिम चार खेलका लागि सुनौलो र कालो रङको 'ट्रियोन्डा फाइनल' नामक नयाँ बल प्रयोग गरेको छ ।
- यो बल फ्रान्स–स्पेनको खेलमा प्रयोग भइसकेको छ र अब सेमिफाइनल, तेस्रो स्थानको खेल र फाइनलमा प्रयोग गरिनेछ ।
- नयाँ बलमा नवीनतम कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि समावेश गरिएको छ जसले खेल अधिकारीहरूलाई छिटो र सही निर्णय लिन सहयोग पुर्याउँछ ।
अमेरिका । फिफाले विश्वकपका अन्तिम चार खेलका लागि नयाँ बल प्रयोग गरेकाे छ । सुनौलो र कालो रङको ‘ट्रियोन्डा फाइनल’ बल फ्रान्स–स्पेनको खेलमा प्रयोग भइसकेको छ ।
अब इङ्ग्ल्यान्ड–अर्जेन्टिनाबिच र तेस्रो स्थानका लागि हुने प्लेअफ तथा आइतबार हुने विश्वकप फाइनलमा यही बल प्रयोग गरिनेछ ।
जुलाई ६ मा एडिडास र फिफाले प्रतियोगिताका पहिलो १०० खेलमा प्रयोग गरिएको ‘ट्रियोन्डा अफिसियल म्याच बल’ लाई प्रतिस्थापन गर्ने घोषणा गरेका थिए । उक्त बलमा आयोजक तीन राष्ट्रका झण्डाका रङ—रातो, निलो, हरियो र सेतो—समावेश गरिएको थियो ।
‘ट्रियोन्डा’ नाम स्पेनिस भाषाबाट आएको हो, जसको अर्थ ’तीन छाल’ हुन्छ । यसले विश्वकपका तीन आयोजक राष्ट्रको प्रतिनिधित्व गर्छ । फिफाले जनाएको छ, ‘विशेष रूपमा तयार गरिएको ट्रियोन्डा फाइनलले इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकपको आयोजना गर्दै विश्वलाई स्वागत गरेका १६ प्रतिष्ठित आयोजक सहरलाई सम्मान गर्दछ ।
सेमिफाइनल, तेस्रो स्थानको खेल र फाइनल आयोजना गर्ने डलास, एटलान्टा, मियामी र न्यूयोर्क–न्यु जर्सीलाई बलको मुख्य डिजाइनमा प्रमुख रूपमा समेटिएको छ । त्यस्तै बोस्टन, ग्वाडालाहारा, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मेक्सिको सिटी, मोन्टेरे, फिलाडेल्फिया, सान फ्रान्सिस्को बे एरिया, सियाटल, टोरन्टो र भ्यानकुभरलाई त्रिकोणाकार ग्राफिक डिजाइनभित्र समावेश गरिएको छ, जसले प्रतियोगिताको सफलतामा उनीहरूको महत्त्वपूर्ण योगदानलाई अन्तिम सिट्टी बज्दासम्म सम्मानित गर्ने उद्देश्य राखेको छ ।’
फिफाका अनुसार ट्रियोन्डा फाइनल बलमा नवीनतम कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि समावेश गरिएको छ । यसले वास्तविक समयमा (रियल टाइम) बलसम्बन्धी अत्यन्त सटीक तथ्याङ्क उपलब्ध गराउँछ, जसले खेल अधिकारीहरूलाई छिटो र सही निर्णय लिन सहयोग पुर्याउनुका साथै खेलसम्बन्धी विश्लेषणलाई अझ प्रभावकारी बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण