सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्न पुनः कडा चेतावनी दिएका छन् ।
- उनले सम्झौता नगरे इरानसँग केही पनि बाँकी नरहने दाबी गरेका हुन् ।
- ट्रम्पका अनुसार यही सन्देश उनका प्रतिनिधिहरू र तेहरानबिच भएको पछिल्लो संवादमार्फत पनि इरानलाई दिइएको थियो ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्न पुनः कडा चेतावनी दिएका छन् । उनले सम्झौता नगरे इरानसँग केही पनि बाँकी नरहने दाबी गरेका हुन् । फक्स न्युजसँग मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानलाई लक्षित गर्दै भने– ‘इरानले सम्झौता गर्नुपर्छ, अन्यथा त्यहाँ कोही पनि बाँकी रहने छैन ।’
उनले अमेरिका नागरिक जनसङ्ख्याप्रति निकै सावधानी अपनाइरहेको दाबी गर्दै फेरि दोहोर्याए कि इरानले समयमै सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्नेछ र देशसँग केही पनि बाँकी रहने छैन । ट्रम्पका अनुसार यही सन्देश उनका प्रतिनिधिहरू र तेहरानबिच भएको पछिल्लो संवादमार्फत पनि इरानलाई दिइएको थियो । उनले उक्त संवाद अन्तर्वार्ता दिनुभन्दा करिब एक घण्टाअघि भएको बताए ।
इरानले यस्तो सम्झौता गर्ने विश्वास छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘उनीहरूले सम्झौता गर्नैपर्छ । तर उनीहरूले गर्छन् वा गर्दैनन् भन्ने कुरा भने मलाई थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण