बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)

बुधबार, ३१ असार २०८३, १२ : ३२
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाली बजारमा भारतीय गोलभेँडाको सस्तो आयातले नेपाली किसानको उत्पादनले बजार नपाउँदा र लागत मूल्य नउठ्दा किसानहरू आन्दोलित भएका छन् ।
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा सानो लोकल गोलभेँडाको थोक मूल्य न्यूनतम ८ रुपैयाँ र औसत ९ रुपैयाँ ५० पैसामा झरेको छ ।
  • किसानहरूले आफ्नो अस्तित्व रक्षाका लागि आन्दोलनमा उत्रिएका छन्, जसले गर्दा स्वदेशी कृषि उत्पादन प्रवर्द्धन गर्ने सरकारी नारा नारामै सीमित भएको छ ।

काठमाडौँ ।  नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् । छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको भन्दै किसानहरूले विरोध प्रदर्शन गरेका हुन् । 

मुख्य बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्य न्यून विन्दुमा झरेपछि किसानहरू स्वतःस्फूर्त रूपमा सडक आन्दोलनमा उत्रिएका हुन् । नेपाली बजारमा भारतीय टमाटरको अनियन्त्रित आयात नै नेपाली किसान मारमा पर्नुको मुख्य कारण रहेको बुझिएको छ । भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीले नेपाली उत्पादनलाई विस्थापित गरेपछि नेपाली टमाटर बारीमै कुहिने, सडकमा फाल्नुपर्ने दयनीय अवस्था सिर्जना भएको किसानहरूको भनाई छ । 

बजारमा व्यापारीहरूले नेपाली टमाटर खरिद गर्न अनिच्छा देखाउने र खरिद गरे पनि अत्यन्तै न्यून मूल्य आएपछि किसानहरू सडकमा आएका हुन् ।

tomator kishan (4)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको  बुधबारको दैनिक मूल्य विवरणले पनि किसानहरूले गोलभेँडाको भाउ नपाएको देखाउँछ । समितिको आधिकारिक तथ्याङ्क अनुसार आज बजारमा सानो लोकल गोलभेँडाको न्यूनतम थोक मूल्य प्रति केजी मात्र ८ रुपैयाँ तोकिएको छ भने यसको अधिकतम मूल्य १२ रुपैयाँ मात्र रहेको छ । 

समग्रमा सानो लोकल गोलभेँडाको औसत थोक मूल्य प्रति केजी ९ रुपैयाँ ५० पैसा मात्र कायम भएको छ । त्यसैगरी, टनेल प्रविधिबाट उत्पादित सानो गोलभेँडाको औसत मूल्य प्रति केजी १४ रुपैयाँ ६० पैसा र ठुलो नेपाली गोलभेँडाको औसत मूल्य प्रति केजी ३८ रुपैयाँ ७५ पैसा रहेको छ । यसरी हेर्दा आम उपभोक्ताले खुद्रा बजारमा महँगो शुल्क तिर्नु परिरहे पनि प्रत्यक्ष उत्पादन गर्ने किसानले भने प्रति केजी १० रुपैयाँ  पनि हात पार्न नसकेको देखिन्छ ।

अस्तित्व रक्षाका लागि आन्दोलन 

नुवाकोटको ककनीका अगुवा गोलभेँडा उत्पादक किसान एवं व्यवसायी श्रीराम घिमिरेले नेपाली कृषि क्षेत्र र किसानको अवस्था अत्यन्तै उपेक्षित बनेको बताएका छन् । विगतमा पनि किसानका हकहितका लागि अनशन समेत बसिसकेका घिमिरेका अनुसार कुनै औपचारिक संस्था वा समितिको ब्यानर विना नै पीडित किसानहरू आफ्नो अस्तित्व रक्षाका लागि आन्दोलनमा होमिएका हुन् । 

tomator kishan (5)

यो आन्दोलनमा ककनी लगायत काठमाडौँ उपत्यका वरपरका विभिन्न जिल्लाका पीडित टमाटर उत्पादक कृषकहरूको बाक्लो सहभागिता रहेको छ ।  

स्वदेशी कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नारा नारामै सीमित हुँदा वास्तविक किसानहरू पलायन हुने अवस्थामा पुगेको उनको तर्क छ ।

tomator kishan (1)tomator kishan (2)tomator kishan (3)tomator kishan (6)tomator kishan (7)tomator kishan (8)tomator kishan (9)tomator kishan (10)tomator kishan (11)tomator kishan (12)tomator kishan (13)tomator kishan (14)tomator kishan (15)tomator kishan (16)tomator kishan (17)tomator kishan (18)tomator kishan (19)tomator kishan (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप