सुतेकै अवस्थामा कैदीको मृत्यु
खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा दिक्तेलस्थित मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।
असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभएको छ । बेहोस अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकामा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।
अस्पताल ल्याइपुर्याउँदा कैदीको मृत्यु भइसकेको जनाउँदै अस्पतालका डा पुष्कल राईले भने, “मृत्युको कारण खुलेको छैन, शव परीक्षणपछि मात्रै थाहा हुन्छ ।”
मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए । जरिवाना तिरेको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुनसक्ने अवस्था रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण