अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
सारांश
- बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ ।
- राष्ट्र बैंकको निर्देशन अनुसार आगामी असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा लिनुपर्नेछ ।
- १६ वर्षमुनिका बालबालिकाको खाता खोल्न भने राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले यसको अद्यावधिक विवरण लिनुपर्ने भएको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार आगामी असोज मसान्तभित्र इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्वघोषणा लिनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिई अद्यावधिक गर्नुपर्नेछ ।
तर, यस्तो परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा ६ महिना अर्थात् पुस मसान्तभित्र यस्तो परिचयपत्र नम्बर लिई अद्यावधिक गराउन जानकार दिनुपर्ने व्यवस्था गरिएको छ ।
यद्यपि १६ वर्षमुनिका बालबालिकाको खाता खोल्न भने यस्तो परिचयपत्र अनिवार्य नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण