कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
बिहीबार, ३२ असार २०८३, १० : ११
सारांश
- कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
- दोधाराचाँदनी नगरपालिका–१० मा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।
- घटनापछि श्रीमान् रनबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर । कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनापछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।
दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।
कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण