यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
सारांश
- नयाँ आर्थिक वर्ष २०८३/८४ मा निजामती सेवाबाट झन्डै २ हजार कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्।
- यस वर्ष निवृत्त हुने कर्मचारीहरूमध्ये विशिष्ट श्रेणीका २० जना उच्च अधिकारीहरू, ८७ सहसचिव, २०६ उपसचिव र ३२० शाखा अधिकृत रहेका छन्।
- राष्ट्रिय किताबखानाले अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ मा झन्डै २ हजार कर्मचारी निवृत्त हुने भएका छन् ।
राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको विवरण अनुसार यो आर्थिक वर्षमा झन्डै २ हजार निजामती कर्मचारीहरू सेवाबाट अनिवार्य अवकाश पाउने भएका हुन् ।
कुल ९२ हजार ५२० कर्मचारीमध्ये एक वर्षभित्र १ हजार ९८५ जना कर्मचारीहरू निवृत्त हुने देखिएको किताबखानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उमेर हद (५८ वर्ष) र पदावधि पूरा हुने भएका कारण उनीहरूले अनिवार्य अवकाश पाउन लागेका हुन्।
यस वर्ष निवृत्त हुने कर्मचारीहरूमध्ये माथिल्लो तहका कर्मचारीहरूको संख्या उल्लेख्य छ। किताबखानाको तथ्याङ्क विश्लेषण गर्दा यसै वर्ष 'विशिष्ट श्रेणी' (सचिव वा सो सरह) का २० जना उच्च अधिकारीहरूले अवकाश पाउनेछन्। त्यसैगरी, सहसचिव वा सो सरहका ८७ जना, उपसचिव वा सो सरहका २०६ जना र शाखा अधिकृत वा सो सरहका ३२० जना कर्मचारीहरू सेवाबाट बिदा हुनेछन्।
तल्लो तहका कर्मचारीतर्फ सहायक स्तरका ७७३ जना र श्रेणीविहीन तर्फका ५७९ जना कर्मचारीहरू यो आर्थिक वर्षमा निवृत्त हुने सूचीमा रहेका छन्।
राष्ट्रिय किताबखानाको कार्यसञ्चालन दिग्दर्शन, २०७२ मा अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण अगाडि नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही बमोजिम किताबखानाले यो विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो। यद्यपि, यो विवरणमा न्यायधीशहरूको अवकाश सम्बन्धी विवरण भने समावेश नगरिएको महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण