चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
सारांश
- नेपाल शिक्षक महासंघले 'मास्टर्नी' चलचित्रको गीतले महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि प्रहार गरेको भन्दै तत्काल बन्द गर्न माग गरेको छ।
- महासंघले गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव प्रयोग भएको दाबी गरेको छ।
- महासंघले गीतको प्रसारण र प्रयोग जारी रहेमा उत्पन्न हुने परिणामको जिम्मेवारी निर्माता र कलाकारको हुने चेतावनी दिएको छ।
काठमाडौँ । नेपाली चलचित्र 'मास्टर्नी'को गीतलाई लिएर नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतले महिला शिक्षक र समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ।
भर्खरै सार्वजनिक भएको उक्त गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको महासंघको दाबी छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।'
महासंघले उक्त विवादित गीतको प्रसारण र प्रयोगलाई निरन्तरता दिएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिएको छ।
शिक्षकहरूको हकहितका लागि क्रियाशील यो संस्थाले चलचित्र निर्माण गर्दा कुनै पनि पेसा वा वर्गको मर्यादामा आँच आउन नहुने तर्फ सचेत गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण