हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
सारांश
- नेपालले भारतसँग थप हवाइ रुटको लागि गरेको प्रयास सफल हुने देखिएको छ ।
- भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटमा नेपालले हवाइ रुटको विषयमा छलफल अगाडि बढाउन आग्रह गरेको छ ।
- भारतले सुरक्षा चासो र वायु सेवा व्यवस्थापनको जटिलता देखाउँदै नेपालका पश्चिमी तथा पूर्वी सीमाबाट कम उचाइका प्रवेश मार्ग दिन आनाकानी गरिरहेको छ ।
काठमाडौँ । लामो समयदेखि थप हवाइ रुट लिएर नेपालले भारतसँग गरेको प्रयास सफल हुने देखिएको छ ।
वार्ताका लागि पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाएको छ । सो पत्रको बारेमा भारत पनि सकारात्मक देखिएको स्रोतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर नेपाल भ्रमणमा आएको बेला यस विषयमा कुराकानी भएको छ ।
नेपाल–भारतको उर्जा सम्बन्धी बैठकमा नेपाल आएका सचिव महावर हिजो परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राइसँग भेटवार्ता भएको थियो । सो भेटवार्तामा मन्त्री खनालले हवाइ रुटको विषयमा छलफल गरिएको प्रस्तावलाई अगाडि बढाउन आग्रह गरेका छन् । सो आग्रहमा सचिव महावर सकारात्मक प्रतिकृया दिँदै चाँडै नै दुई देशको बिचमा छलफल हुने बताएको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल प्रवेश गर्ने हवाइरुट थप गर्न भारतसँग नेपाले आग्रह गर्दै आएको छ । सीमरा हुँदै एउटा रुटबाट मात्र जहाज प्रवेश गरिरहेको छ । अरु थप रुट दिन आग्रह गर्दै आइरहेको छ ।
उता भारतले सैन्य क्षेत्रहरूको सुरक्षा चासो र वायु सेवा व्यवस्थापनको जटिलता देखाउँदै नेपालका पश्चिमी तथा पूर्वी सीमाबाट कम उचाइका प्रवेश मार्ग दिन आनाकानी गर्दै आएको छ ।
नेपालले जनकपुर, भैरहवा र नेपालगञ्ज गरी तीन नयाँ रुट माग गरेको छ । तर भारतले सुरक्षा चुनौती देखाउदै हालसम्म त्यसमा सहमत भएको छैन ।
नेपालबाट हवाइ जहाज प्रस्थान गर्दा भैरहवा, महेन्द्रनगर, सिमरा, विराटनगर, तुम्लिङटार, मेची र जनकपुर हुँदै जान्छ । तर आउँदै मुख्य रुट सिमरा तथा सिमित रुपमा भुटान र ल्हासाबाट आउने हवाइ जहाजका लागि मेची र तुम्लिङटारको रुट प्रयोग भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण