विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले विदेशबाट भन्सार छलेर ल्याइएको ३७ लाख मूल्य बराबरको मोबाइल, ल्यापटप र भेप बरामद गरेको छ ।
- चेकजाँचका क्रममा भन्सार पास भएका सामानहरूमा मोबाइल, ल्यापटप, आइप्याड, भेप, भेपको फ्लेवर र भेपको क्याप लगायतका ग्याजेटहरू बरामद गरिएको हो ।
- यसैगरी, कार्गोबाट विदेश लैजान लागिएको जडीबुटी भनेर पुष्टि नभएका माझिफल, हरौँ, कौडा, सिकारी लहरो, चुवाको फूल तथा ठुलो ओखती सहितका समानहरू पनि बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।
काठमाडौँ । विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको ३७ लाख मूल्य बराबरको ग्याजेट र भेप प्रहरीले बरामद गरेको छ । असार ३० र ३२ गते भन्सार पास भएपछि चेकजाँच गर्दा भन्सार छलेर लैजान लागेको अवस्थामा प्रहरीले मोबाइल, ल्यापटप र भेप बरामद गरेको हो ।
मोबाइल, ल्यापटप, आइप्याड, भेप, भेपको फ्लेबर र भेपको क्याप सहित ३७ लाख मूल्य बराबरको सामान बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । सो सामान भन्सार जाँच पासमा बसेका कर्मचारी र सशस्त्र प्रहरीको टोलीलाई झुक्याएर आरोपीहरूले बाहिर ल्याएको भेटेपछि प्रहरीले बरामद गरेको हो ।
त्यस्तै, कार्गोबाट विदेश लैजान लागेको जडीबुटी प्रहरीले बरामद गरेको छ । जडीबुटी भनेर पुष्टि नभएका माझिफल, हरौँ, कौडा, सिकारी लहरो, चुवाको फूल तथा ठुलो ओखती सहितका समान बरामद गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी सिलवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमाले दुवैले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण