देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
सारांश
- नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र एकताको सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको छ।
- संस्थापन पक्षका नेताहरू एकताका लागि लचिलो नदेखिएकाले अब एकता नहुने सम्भावना ९९ प्रतिशत निकालिएको छ।
- पार्टीमा एकता कायम नहुने भएपछि कसरी अगाडि बढ्ने भन्ने विकल्प निकाल्न समूहले साउन मसान्तभित्र राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ।
काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अब पार्टीभित्र एकता गर्ने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको छ। समूहको सम्पर्क कार्यालय चुनदेवीमा शुक्रबार बसेको बैठकले मिल्ने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको नेता मिन विश्वकर्माले जानकारी दिए।
बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पूर्व महामन्त्री डाक्टर शशांक कोइराला लगायतले संस्थापनका नेताहरूसँग पार्टीमा एकता कायम राख्नका लागि भएका भेटवार्ताबारे जानकारी गराएका थिए।
ती भेटवार्तामा संस्थापन पक्षका नेताहरू एकताका लागि लचिलो नदेखिएकाले अब एकता नहुने सम्भावना ९९ प्रतिशत निकालिएको यता विश्वकर्माले जानकारी दिए।
पार्टीमा एकता कायम नहुने भएपछि कसरी अगाडि बढ्ने भन्ने विकल्प निकाल्न समूहले साउन मसान्तभित्र राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। भेला कहिले बोलाउने भन्ने घोषणा साउन ६ गते बीपी स्मृति दिवसका दिन समूहले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बोलाएको कार्यक्रममा गरिने विश्वकर्माले जानकारी दिए।
बैठकमा कार्यक्रमलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण