बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
सारांश
- देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
- कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्।
- यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा सडक विभागको सूचना हेर्न र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्।
कोशी प्रदेशमा मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र वर्षाका कारण यातायात पूर्ण रूपमा बन्द छ। यद्यपि, भोजपुरको मध्य पहाडी लोकमार्गमा भने बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको विपि राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सुरक्षाका कारण सवारी साधन चल्न दिइएको छैन। यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको ककनीमा पनि पहिरोले बाटो छेकेको छ।
गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। लुम्बिनी प्रदेशमा पनि अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग पहिरोका कारण ठप्प बनेका छन्।
यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा सडक विभागको सूचना हेर्न र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण