फिफा विश्वकप २०२६
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
आइतबार, ०३ साउन २०८३, ०३ : ०५
सारांश
- मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई दोब्बर बनाएको छ।
- खेलको १८ औँ मिनेटमा इङ्गल्याण्डले फ्रान्सविरुद्ध दोस्रो गोल थपेको छ।
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई दोब्बर बनाएको छ । खेलको १८ औँ मिनेटमा इङ्गल्याण्डले दोस्रो गोल थपेको हो ।
इङ्गल्याण्डका जर्सी नम्बर २ का डिफेन्डर एज्री कोन्साले खेलको १८ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्याएका हुन् ।
यस गोलका लागि खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका मिडफिल्डर डिक्लान राइसले पास (असिस्ट) उपलब्ध गराएका थिए । राइसको उत्कृष्ट पासलाई पोस्टको दिशा दिँदै कोन्साले गोल गरेपछि इङ्गल्याण्ड खेलमा पूर्ण रूपमा हाबी भएको छ भने फ्रान्सेली टोली सुरुवाती २० मिनेटभित्रै दुई गोलले पछि पर्दै थप दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण